२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

धनगढीमा अग्रता फराकिलो बनाउँदै हमाल, वडभन्दा ३ हजार २८७ मतले अगाडि

काठमाडौं – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले आफ्नो अग्रता फराकिलो बनाइरहेका छन् । मंगलबार बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ४३७ मतगणना हुँदा हमालले ६ हजार ८४१ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन्।

हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर छ। मेयर पदमा ३ हजार ७४ मत बदर भएको छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ मतका साथ लिड गरिरहेकी छिन् ।

मेयर पदको मतगणनामा ३ हजार ७२ मत बदर भएको छ ।

एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन्। उपमेयरमा ६ हजार २९२ मत बदर भएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्न मतदान भएको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com