बालेनसहितका स्वतन्त्रहरूको जितको खुसियालीमा अर्घाखाँचीमा दीप प्रज्वलन
बालेनसहितका स्वतन्त्रहरूको जितको खुसियालीमा अर्घाखाँचीमा दीप प्रज्वलन
अर्घाखाँची । स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवारहरूले जितेको खुसीयालीमा अर्घाखाँचीमा दीप प्रज्वलन गरिएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहलाई निर्वाचन आयोगले विजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो।
ञहामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौ । स्थानीय युवा पशुपति पाण्डेले भने,उहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ । उहाँहरुको कर्ममा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ ।