२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छुट्टै समाजवादी मोर्चा बनाउने

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले छुट्टै समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेसपाले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्दै मुद्दा मिल्नेसँग मोर्चा बनाउने बताएको छ ।

‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ,’ पार्टी प्रचारप्रसार विभाग प्रमुख विश्वदीप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेसपाले अग्रमागी शक्तिहरूको वृहत् ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्तिको आवश्यकता र त्यसका लागि आफू प्रयत्नशील रहनेसमेत बताएको छ ।

समाजवादी मोर्चाका सूत्रधार तथा नेसपाका अध्यक्ष बाबुराम भट्टराईको पार्टी नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल समाजवादी मोर्चामा अटाएका थिएनन् ।

चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

विज्ञप्तिको पूर्णपाठ :

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com