पाँच लाखलाई जग्गाधनी प्रमाण पूर्जा दिइने, अनुमति लिएकाले मात्रै घर–जग्गाको कारोबर गर्न पाउने
पाँच लाखलाई जग्गाधनी प्रमाण पूर्जा दिइने, अनुमति लिएकाले मात्रै घर–जग्गाको कारोबर गर्न पाउने
काठमाडौं । सरकारले थप ३०० स्थानीय तहका पाँच लाख घर परिवारलाई जग्गाधनी प्रमाण पूर्जा दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै थप तीन सय स्थानीय तहका पाँच लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिने जानकारी दिएका हुन् ।
त्यस्तै अब अनुमति लिएका संस्था र ब्यक्तिले मात्र घर–जग्गाको कारोबर गर्न पाउने भएको छ । साथै, एकीकृत घरजग्गा मूल्याङ्कन प्रणालीको विकास पनि गरिने भएको छ ।