लोकतन्त्रका लागि लडेकालाई लोकतान्त्रिक सेनानी घोषणा गरिने
लोकतन्त्रका लागि लडेकालाई लोकतान्त्रिक सेनानी घोषणा गरिने
सरकारले लोकतन्त्र प्राप्तिका लागि योगदान गर्नेहरूलाई लोकतान्त्रिक सेनानी घोषणा गर्ने बताएको छ । आर्थिक वर्ष ०७९/८० को बजेटमा सरकारले यस्तो घोषणा गरेको हो ।
सरकारले लोकतन्त्रका लागि विभिन्न चरणमा भएका राजनीतिक आन्दोलन र माओवादीको सशस्त्र संघर्षमा योगदान दिएकाहरूलाई लोकतान्त्रिक सेनानी घोषणा गर्ने बताएको हो ।
यसका साथै शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउन १ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।