२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि मन्त्रालय फर्किए सचिव

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनी आज काममा फर्किएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदासम्म अर्थ मन्त्रालयल नआउने भन्दै मरासिनी बिदामा बसेका थिए ।

अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट उनी अर्थ मन्त्रालय आएका हुन् ।

बजेट निर्माणको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करको दर हेरफेर गरेको भन्दै संसददेखि सबैतिर विरोध भएपछि हिजो जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

अर्थका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले अर्थ सचिव काममा आएको पुष्टि गरे । उनले भने, ‘अर्थ सचिव मधुकुमार मरासिनी आज आउनु भएको छ ।’

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति नै बनेको छ । समितिलाई १० दिन समयावधि दिइएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com