२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

गठबन्धनमा सिट बाँडफाँट अझै मिलेन, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने

गठबन्धनमा सिट बाँडफाँट अझै मिलेन, मंगलबार बिहान ८ बजे फेरि बैठक बस्ने

जनसेवा न्युज डटकम वाददाता

सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो।

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्।

आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो।

कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।

रोल्पा रुकुमका प्रदेश सभामा कांग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा कांग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ। त्यस्तै जाजरकोटका दुवै प्रदेश सभा कांग्रेसले दाबी गरेको छ भने एउटा प्रदेश सभा माओवादीले दाबी गरिरहेको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको श्रोतले बतायो।

अछाम, सल्यान, उदयपुर र खोटाङमा दुई दलबीच अझै विवाद बाँकी छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com