पाल्पा–२ (१) प्रदेशसभामा कांग्रेसका बिरबहादुर राना विजयी
पाल्पा–२ (१) प्रदेशसभामा कांग्रेसका बिरबहादुर राना विजयी
पाल्पाको निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार बिरबहादुर राना विजयी भएका छन् । वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रानाले १६ हजार ३९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत प्राप्त गरे । राना लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीसमेत हुन् । राना नेपाली कांग्रेस पाल्पाको २०६७ सालदेखि दुई कार्यकाल पार्टी सभापति थिए । पाल्पाको वगनासकाली–७, खानीगाउँमा जन्मिएका राना २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा प्रतिनिधिसभामा तत्कालीन क्षेत्र नम्बर २ मा मतले पराजित भएका थिए ।
उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी प्रदेश समानुपातिक सांसद बनेका थिए ।