बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा
बार्सिलोनालाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा
काठमाडौँ । स्पेनिस फुटबल क्लब बार्सिलोनालाई पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहीबार राति नकआउट चरणको प्लेअफको दोस्रो लेगमा बार्सिलोनालाई युनाइटेडले २(१ ले पराजित गर्यो । पहिलो लेग २(२ गोलको बराबरीमा टुंगिएपनि युनाइटेडले समग्रमा ४(३ को अग्रता बनायो ।
युनाइटेडलाई जित दिलाउन फ्रेड र एन्टोनीले एक(एक गोल गरे । बार्सिलोनाको लागि रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।
यस नतिजासँगै बार्सलोना युरोपा लिगबाट बाहिरिएको छ । सन् १९९८/१९९९ पछि बार्सिलोना पहिलो पटक युरोपियन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न असफल भएको हो ।