२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

अर्जेन्टिनालाई हराएको साउदीसँगै मलेसियालाई साफ च्याम्पियनसीप खेल्न निम्तो

काठमाडौँ- साउदी अरेबिया र मलेसियालाई भारतमा हुने पुरुषको साफ च्याम्पियनसीप फुटबल खेल्नका लागि निम्तो दिइएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) का अध्यक्ष काजी सलाहुदिनले भारतमा हुने च्याम्पियनसीपमा साउदी अरेबिया र मलेसियालाई सहभागिताका लागि निम्तो दिइएको सुनिश्चित गरेको बंगलादेशी संचारमाध्यम अधाधुले जनाएको छ ।

भारतले जुन २१ देखि जुलाई ३ तारिखसम्म १४ औँ संस्करणको साफ च्याम्पियनसीप आयोजना गर्दैछ । तर साउदी अरेबिया र मलेसियाले भने अहिलेसम्म यसबारे आधिकारिक रुपमा जानकारी गराएका छैनन् । फिफा वरीयतामा साउदी अरेबिया ४९ औँ तथा मलेसिया १ सय ४५ औँ स्थानमा रहेका छन् ।

फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसीप गुमाउने भएको छ । भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहने छ ।

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा साउदी अरेबियाले विश्वकप विजेता अर्जेन्टिनालाई समूह चरणमा २-१ ले पराजित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com