२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

कांग्रेसलाई नधम्काउन प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसको सुझाव

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसलाई नधम्काउन प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिएका छन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले कांग्रेस धम्क्याउँदैमा नधम्किने र नतर्सिने बताएका हुन् । ‘कांग्रेसलाई लान्छना लगाउने काम बन्द गरिदिनुस्, कांग्रेस धम्काएर धम्किने, तर्सिने पार्टी होईन,’– उनले भने ।

संसद् अवरोधका बावजुद प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । प्रचण्डको उक्त चेतावनीको खण्डन गर्दै उनले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा कांग्रेसले नै ल्याएको बताए । उनले ‘तपाईँलाई शान्तिपूर्ण राजनीतिमा कसले ल्यायो ? बिर्सिनुभयो ?’ भन्दै प्रश्न गरे ।

‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु । आज नेपाली कांग्रेसले जे गर्यो, भोलिका दिनमा मूल्य चुकाउन पर्ला भन्नुभयो । म मेरो आदरनीय नेता, सम्माननीय प्रधानमन्त्री र मैले धेरै आदर पनि गर्छु, उहाँलाई बडो विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । तपाईँले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गरेको हो ।’ उनले भने, ‘हामीले पनि गरेका हौं । तपाईँलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो ? यो सत्ता हतियारकै भरमा परिवर्तन गर्छु भनेर हिँड्नु भएको तपाईँलाई शान्तिमा कसले ल्याएको हो ? कसको नेतृत्वमा आउनु भएको हो ? विर्सिनुभयो ?’

नेता लेखकले माओवादीलाई राजनीतिक दलको रुपमा स्थापित गराउन कांग्रेसको भूमिका रहेको स्मरण गराए । प्रचण्ड निरङ्कुश भएर गैरजिम्मेवार बनेको उनको आरोप छ । ‘तपाईको पार्टीलाई शान्तिमा रुपान्तरण गरेर नेपालको राजनीतिक दलको रुपमा स्थापित गराउनका निम्ति कांग्रेसको सहयोग छैन ? कांग्रेसको भूमिका छैन ? भोलिको दिनमा मूल्य चुकाउनुपर्ला ? के मूल्य चुकाउनुपर्छ ? तपाईहरु निरङ्कुशतातिर जाने, गैरजिम्मेवार भएर जाने,’– उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com