२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

बंगलादेशसँग नेपाल २१ रनले पराजित

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेश २१ रनले विजयी भएको हो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै नेपाललाई १०७ रनको लक्ष्य दिएको थियो ।

१९.२ ओभरमा अलआउट हुँदै नेपालले ८५ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन बनाए  । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन बनाएका छन् । आसिफ शेखले १४ बलमा १७ रनको योगदान दिए ।

बंगलादेशका लागि शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए ।

त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए ।

बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com