२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

आइसिसी विश्वकप लिग टू अन्तर्गत तेस्रो सिरिजको तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

आइसिसी विश्वकप लिग टू अन्तर्गत तेस्रो सिरिजको तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । यूएईले नेपालविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ ।

यूएईसँगको पहिलो खेलमा ४८ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । नेपाली ब्याटरहरु जिम्मेवार नबन्दा पराजित भएको नेपाल आजको खेलमा सम्हालिँदै खेल्ने योजनामा छ । पहिलो खेलमा पीएनजीमाथि दुई विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा कमजोर बनेको थियो ।

आजको खेलमा नेपाललाई जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने मौका छ । युएईले पहिलो खेलमा पपुवा न्युगिनीलाई सात विकेटले हराउँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । आजको खेलमा दुबै टोलीलाई दुई अंक महत्वपूर्ण छ । नेपाल र युएईबीच हालसम्मको नतिजा हेर्दा नेपाल कमजोर छ । पाँच एकदिवसीय खेल हुँदा नेपाल दुई खेलमा विजयी भएको छ भने यूएईले तीन खेलमा बाजि मारेको छ ।

२०१९ मा नेपालले युएईसँग तीन ओडिआई सिरिज खेलेको थियो । त्यसमा नेपालले २–१ ले ऐतिहासिक सिरिज जितेको थियो ।
नेपाल लिगमा १० खेल खेलेको नेपाल १० अंकका साथ तालिकाको छैटौं स्थानमा छ । उता १७ खेल खेलेको यूएई २० अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com