२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्र यादव नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यादवलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री पदम गिरीले जानकारी दिए ।

यस्तै प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल, सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्ति गर्ने निर्णय गरेको पनि उनले बताए ।

बैठकले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको कानुनमन्त्री गिरीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com