२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

धुलिखेलमा वीपी कोइरालाको शालिक

काठमाडौं । वीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ ।

धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा निर्माण गरिएको उक्त शालिकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरे ।

ढलौटबाट निर्माण गरिएको र लागत १५ लाख रुपैयाँ रहेको निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जीतकृष्ण श्रेष्ठले जानकारी दिए ।

यो शालिकको २०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेका थिए ।

आफू प्रधानमन्त्री भएका बेला बीपी कोइरालाले २०१६ सालमा हालको वीपी राजमार्गको परिकल्पना गरेका थिए । तर त्यतिबेला निर्माण हुन सकेन ।

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा जापान सरकारको सहयोगमा पुनः सुरुवात गरेपछि उक्त सडक निर्मा णकार्यले सार्थकता पाएको हो । यो सडक २०७२ सालमा निर्माण पूरा भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com