२०८३ जेष्ठ १२ - Tue May, 2026 -

Janasewa News

विशेष समयमा बोल्न नाम लेखाएका राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ

काठमाडौं – राष्ट्रियसभा बैठक चलिरहँदा राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट अस्वस्थ भएका छन् ।

आइतबार राष्ट्रियसभाको शून्य समय चलिरहँदा भट्टलाई स्वास्थ्य समस्या भएको हो । शून्य समयमा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले धारणा राखिरहँदा भट्टलाई स्वास्थ्य समस्या देखिएपछि अन्य संसदहरूले उनलाई संसद भवनभित्र रहेको स्वास्थ्य केन्द्रमा पुर्याएका थिए ।

रक्तचाप र सुगरका बिरामी भट्टलाई चक्कर लागेपछि सांसद भवनभित्रै उपचार गरिएको छ । बैठकको विशेष समयमा बोल्नका लागि नाम टिपाएका भट्ट अस्वस्थ भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्बन्धित दलबाट विष्णु कुमारी सापकोटालाई बोल्नका लागि समय उपलब्ध गराएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com