सुनको भाउ हालसम्मकै उच्च, तोलाको दुई लाख नजिक

काठमाडौं । नेपाली बजारमा आज ९शुक्रबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो ।
यसअघि गत साउन २० गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। यस दिन मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला दुई हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार तीन सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



