२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

एमाले सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै

काठमाडौँ । नेकपा ( एमाले ) को सचिवालय बैठक आज बिहीबार  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।

आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते काठमाडौंमा हुँदैछ। २१ सय बढी प्रतिनिधि रहने महाधिवेशनको प्रतिनिधि छनोट मंसिर १३ गते देशैभर एकैदिन हुँदैछ।

एमालेको आजको सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाबारे पनि छलफल गर्नेछ। एमालेले प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा लिएर जनपरिचालन गरिहेको छ। यसअघिको सचिवालय बैठकले पुनःस्थापनाको मुद्दा दिएर अदालत जाने छलफल गरे पनि एमाले अदालत गएको छैन।

तर शुक्रबार अदालत जाने तयारी गरेको छ। केही दिनअघि बसेको विघटित संसदीय दल बैठकले त्यसको तयारीका लागि निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ। सांसदहरू अधिकांशले हस्ताक्षर गरिसकेका छन्।

यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com