२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको छ ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि बसेको माओवादी केन्द्रका सांसदहरूको बैठकले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म प्रतिनिधि सभाको अवरोध नखोल्ने निर्णय गरेको हो ।

माओवादी सचेतक रुपा सोसी चौधरीले आफूहरुले उठाएको विषयमा सत्तारुढ दलहरू गम्भीर नभएको बताइन् ।

‘हाम्रो प्रष्ट निर्णय छ– माओवादी हिंसा शब्द संसदीय रेकर्डबाट नहटाएसम्म प्रतिनिधि सभाको बैठक चल्न सक्दैन । यो संसदीय दलकै निर्णय हो । यसबाट तलमाथि हुँदैन । सभामुखको निर्णय नसच्चिएसम्म प्रतिनिधि सभाको अवरोध खुल्दैन’, उनले अनलाइनखबरसँग भनिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com