अन्तिम मत परिणाम नआउँदासम्म शुभेच्छुकलाई नआत्तीना हर्क साम्पाङको आग्रह

विराटनगर । श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म शुभेच्छुकलाई नआत्तीना आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साम्पाङले शुभेच्छुकलाई अन्तिम समय सम्म पर्खन आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘अन्तिम समय सम्म पर्खनुस् । आत्तिनु पर्दैन । मात्तिनु नि हुँदैन ।’
उनले फाइनल रिजल्ट पछि कुरा गरेको राम्रो भन्दै आफ्ना शुभेच्छुकलाई आग्रह गरेका छन् । सार्वजनिक भएको मत परिणत भएको अनुसार उनी रास्वपाका उम्मेदवारसँग पछि परेका छन् ।



