प्रेममा छिन् नायिका सुष्मा कार्की : सुष्माले पोस्ट गरेको तस्विर बन्यो भाइरल
काठमाडौँ । नायिका सुष्मा कार्कीको नाम फिल्म निर्देशक, कलाकार र गायकसँग जोडिँदै आएको छ । तर यतिबेला भने सष्माले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै सांकेतिक रुपमा ‘यो सबै कुराको उत्तर हो’ भनेकी छन्।
सुष्माले पोस्ट गरेको उक्त तस्विर सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको हो । जहाँ उनीहरु एक अर्काको सामिप्य भएर तस्विर खिचाइएको छ । तस्विर भाइरल बनेसँगै विभिन्न अर्थ लगाइए पनि सुष्माले भने उनी प्रेमी नभएको बताउँदै आएकी छिन् । सुष्माको पोस्टमा अक्षयले लभ९रियाक्ट मात्रै गरेका छन् ।