२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

मधेस नामकरणले शहीदको सम्मान भएको छ : अध्यक्ष डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले मधेस प्रदेसबाट अरु प्रदेशले पनि सिक्नुपर्ने बताएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकले ‘मधेस’ प्रदेश कायम गरेपछि डा. भट्टराईले सो प्रक्रिया दिएका हुन् । उनले मधेस नामकरणले शहिद र योद्धाहरुको सम्मान भएको पनि बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेको डा। भट्टराईले सामाजिक सञ्जालमा भेका छन्– ‘जातीय, क्षेत्रीय पहिचान र अधिकार सहितका संघीय प्रदेशकोनिम्ति सहादत र उच्च बलिदान दिने जनयुद्ध, आन्दोलनका शहीद र योद्धाहरूको सम्मान गर्नुभएको छ । अरू प्रदेशहरूले पनि सिकून । जय मधेश प्रदेश !!’

मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुलाई बधाइ पनि दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com