२०८३ जेष्ठ ६ - Wed May, 2026 -

Janasewa News

धरानमा कोरोना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–१० निवासी ५८ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा। चुरामणि पोखरेलले जानकारी दिएका छन् ।

गत माघ १३ गते उनलाई कोरोना संक्रमण पुष्टि भइ १६ गते अस्पताल भर्ना भएका थिए । उनको बुधबार बिहान सात बजे कोभिड अस्पतालमा निधन भएको अस्पतालको भनाइ छ । कोरोनाको खोप समेत लगाएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको पोखरेलले जानकारी दिए । उनको शवको व्यवस्थापन नियमअनुसार हुने अस्पतालको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com