२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

नेपाली कांग्रेसले अब आउने निर्वाचनमा गठबन्धन नगरेर एक्लै चुनाव लड्नु पर्छ : प्रदेश सदस्य गुप्ता

काठमाडौँ । । नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य नितिश कुमार गुप्ताले नेपाली कांग्रेसले अब आउने निर्वाचनमा गठबन्धन नगरेर एक्लै चुनाव लड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस यमुनामाई गाउँ कमिटिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै गुप्ताले नेपाली कांग्रेस आफैमा बलियो जनाधार भएको पार्टी भएकाले चुनावमा अरु पार्टीको साहाराको आवश्यकता नपर्ने दावी गरे ।

नेपाली कांग्रेसले मात्र महिला, दलित, जनजाती, अपाङ्ग, उत्पीडित समुदायको हित गर्ने भन्दै अब आउने निर्वाचनमा जनताको पहिलो रोजाई नेपाली कांग्रेसनै हुने ठोकुवा गरे । नेपाली जनताको विकासको सपना कम्युनिष्टहरुबाट पूरा नहुने भन्दै देशलाई समृद्ध नेपाल बनाउन नेपाली कांग्रेसले मात्र गर्न सक्ने उनको भनाइ छ ।

‘नेपाली जनता नेपाली कांग्रेसको साथमा छन्’ उनले भने ‘नेपाली कांग्रेस एक्लै चुनाव लड्दैछ । त्यसको लागि नेता कार्यकर्ता नेपाली कांग्रेस जिताउन लाग्नुपर्छ ।’
उनले अबको राजनितिमा युवाहरु निर्णायक शक्ति भएकाले युवाहरु साथ लिएर पार्टी नेतृत्व अघि बढ्नुपर्ने सुझाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com