शाक्यको चेतावनी प्रधानन्यायधीशको राजीनामा नआए शसक्त ढंगले आन्दोलन गर्छौ

१६ कात्तिक, काठमाडौं । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा नआए अझ चर्को आन्दोलनको कार्यक्रम गर्ने बताएका छन् ।
उनले सर्वोच्चो अदालत परिसरमा बुधबार पनि विरोधको कार्यक्रम गर्ने र त्यसपछि राष्ट्रव्यापी छलफलमा जाने जानकारी दिए । ‘त्यसपछि पनि राजीनामा आएन भने अझ चर्को आन्दोलनमा जानुपर्ने स्थिति हुनसक्छ,’ उनले भने
शाक्यले आफूहरुको एजेण्डा परिवर्तन नभएको बताए ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै हातमा कालोपट्टी बाँधेर कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिंदै आएको छ ।
प्रधानन्यायाधीश जबराले भने कसैले सडकबाट चिच्याएर राजीनामा माग्दैमा नदिने बताउँदै आएका छन् ।