चितवनमा सहचालक को लापारवाहिले बस दुर्घटना

बुधबार बिहान बाँकेको कोहलपुरबाट मगर समाजको देउसीभैलो समूह बोकेर चितवनको सौराहा आउँदै गरेको भे १ ख २८३६ नम्बरको यात्रु बस बिहान करिब ८ः३० बजे लायन्सचोकस्थित पुंगीखोलामा खसेको थियो।

शाही ट्राभल्सको उक्त बसमा ४६ जना यात्रु रहे पनि बसका चालक विनोश शर्मा सामान्य घाइते भएका थिए। बाँकी यात्रु सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ। दुर्घटना हुनासाथ प्रहरी र स्थानीयले गाडीको सीसा फुटाएर यात्रुको उद्धार गरेका हुन्।


बस चलाउने सहचालक रमेश कर्ण, चालक विनोद शर्मा र दुर्घटनामा परेको बस जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: