साहित्यकार क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन् ।
भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ । साहित्यकार क्षेत्रीले लेखेको ‘बसाइँ’ सर्वाधिक चर्चित कृति हो । यो उनको पहिलो उपन्यास हो । उनी भारतको आसाममा बस्छन् ।
साहित्यकार क्षेत्रीको तीन उपन्यास प्रकाशित छन् । पहिलो ‘बसाइँ’ हो, जसलाई सन् २००७ मा माइकल हटले माउन्टेन्स पेन्टेड विद टर्मरिक शीर्षकमा अंग्रेजीमा अनुवाद गरेका थिए ।
त्यस्तै सन् १९६९ मा उनको ‘अतृप्त’ प्रकाशित भयो । त्यसपछि उनको ‘ब्रह्मपुत्रको छेउछाउ’ र निबन्ध संग्रह ‘असममा नेपाली भाषाको कठिनाइ’ प्रकाशित भए । यसबाहेक उनको नाटक ‘दोबाटो’ र लघु कथा संग्रह ‘तीन दशक विश अभिव्यक्ति’ पनि रहेका छन् ।