नासाले भन्यो- सूर्यबाट ‘ॐ’ होइन लाभा बगिरहेको ध्वनि आउँछ

काठमाडौं । सूर्यबाट ‘ॐ’ ध्वनि आउँछ भनेर हिन्दू धर्मालम्बिहरुले आस्था राख्ने प्रचलन कायमै छ । तर, नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)ले भने सूर्यबाट त्यस्तो प्रकारको कुनै ध्वनि नआउने दाबी गरेको छ
नासाले ट्विटमार्फत् सूर्यबाट कुनै ॐ ध्वनि उत्पन्न नहुने बताउँदै हल्का, लाभा बगिरहेको, ज्वालामुखीजस्तो र एकदमै मन्द ध्वनि आउने दाबी गरेको छ ।
यसअघि भारतको पोण्डेचरीकी लेफ्टिनेन्ट गभर्नर किरन वेदीले सूर्यबाट ‘ॐ’ आवाज आउने भनेरै ट्वीटरमा दाबी गरेका थिए । वेदीको दाबीमाथि खण्डन गर्दै नासाले सूर्यबाट ॐ ध्वनि उत्पन्न नभएको दाबी गर्दै भिडियो सार्वजनिक गरेको छ ।