प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यस अवधिमा ३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा छ, पाँचथरमा दुई, उदयपुर र इलाममा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: