शिक्षामन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज स्वदेश फर्किनु भएको छ ।
युनेस्कोको ४१औँ महासभामा भाग लिन गत १० तारिखमा फ्रान्स जानुभएका मन्त्री पौडेल बिहीबार बिहान स्वदेश फर्किनु भएको हो ।
उहाँले फ्रान्सको राजधानी पेरिसमा आयोजित कार्यक्रममा सहभागी जानाउनु भएको थियो ।