६ वर्षीया बालिका खोलामा बेपत्ता

मुगु । मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका(४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन् ।

बिहीबार ४ बजेतिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर परिवार तथा स्थानीयहरूले खोज(तलास गरिरहेका छन् । खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: