२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निर्वाचन आयोगलाइ प्रचण्डको चेतावनी शिक्षकले राजनीति पार्टीमा रहेर काम गर्न पाउनु पर्छ

काठमाडौँ – पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् । मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताएका हुन् ।

आज मात्रै निर्वाचन आयोगले दलको प्रतिनिधि बनेका शिक्षक, कर्मचारीलगायतलाई दलको सदस्यबाट हटाउन निर्देशन दिए लगतै उहाले निर्वाचन आयोगलाई लक्षित गर्दै कडा प्रतिकृया दिनु भएको छ ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापीत गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकहरूले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए । दाहालले शिक्षकहरूलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए । ‘नेपालमा जतिपनि पार्टीहरू छन् । सबै शिक्षकहरू कै योगदानका कारण ती पार्टीहरू छन्,ु उनले भने, ुसबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापीत गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई जनताको विचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही हुने छैन । त्यसकारण म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रुपान्तरणका काममा, राजनीतिक रुपान्तरणका काममा लाग्नुपर्नेछ । अध्यक्ष दाहालले शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com