२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

एमालेद्वारा ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा

एमालेद्वारा ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा
काठमाडौँ । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटीको बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटासहितको अध्यक्ष मण्डल गठन गरेको हो ।

महाधिवेशन बन्द सत्र सुरु भएसंगै केन्द्रीय कमिटी विघटन हुन्छ । त्यसलगत्तै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उक्त अध्यक्ष मण्डलको हुन्छ ।

यस्तै सात सदस्यीय माइन्युट कमिटी गठन गरिएको छ । एमाले प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली, ज्वालाकुमारी साह माइन्युट कमिटीमा छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com