खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस् : बाबुराम भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता डा। बाबुराम भट्टराईले नेकपा (एमाले) को महाधिवेशनलाई केपी ओलीको कुम्भमेला भन्दै टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले सामाजिक संजालमा स्टाटस लेख्दै एमालेको अधिवेशनलाई विचरशुन्य पनि भनेका छन् ।
उनले भनेका छन्, ‘विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्, चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना
नयाँ नेतृत्व चयनका लागि एमाललेको १०औं महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ ।