ए डिभिजन लिगमा आज दुई खेल हुँदै
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेलमा च्यासल युथ क्लबले विभागिय टीम एपीएफसँग खेल्ने छ । त्यस्तै दोस्रो खेल मनाङ मर्स्याङदी र हिमालयन शेर्पासँ क्लवले प्रतिस्पर्धा गर्नेभएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजेबाट हुनेछ । च्यासलले हालसम्म कुनैपनि खेलमा जित निकालेको छैन । आज च्यासाल पहिलो जितको खोजीमा हुनेछ । उसले पहिलो खेलमा थ्री स्टारसँग ३.० को फराकिलो हार बेहोरेको थियो ।
त्यस्तै उता एपीएफ पनि पहिलो जितको खोजीमा रहनेछ । उसले पनि पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३(२ को हार बेहोरेको थियो ।
त्यस्तैगरी मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा क्लवबीचको खेलपनि ४स्४५ मा हुने छ । मनाङले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबबिरुद्ध १(० को जित निकालेको थियो ।
आजको खेलमा पनि जित निकाल्दै मनाङ जितलाई निरन्तरता दिन चाहन्छ । उ ए डिभिजन लिगको आठ पटकको च्याम्पियन पनि हो । हिमालयन शेर्पा भने पहिलो जितको खोजिमा हुनेछ । यसअघिको पहिलो खेलमा हिमालयन शेर्पाले संकटा क्लबसँग एक्एकको बराबरी खेलेको थियो ।