२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

हिमपातको कारण रुकुम पूर्वमा मध्यपहाडी लोकमार्गको अवरुद्ध

दाङ । भारी हिमपातले रुकुम पूर्वको मध्यपहाडी लोकमार्गको अवरुद्ध भएको छ ।बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर १ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

सडकमा बाक्लो हिउँ परेको छ । प्रहरीका अनुसार लोकमार्ग अवरुद्ध भएपछि रुकुम पूर्व, रोल्पालगायतका ठाउँबाट काठमाडौं जाने र काठमाडौंबाट रोल्पा र रुकुम पूर्व फर्केने यात्रुहरू विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले १७ किलोमिटर सडकमा बाख्लो हिउँ जमलेकाले पन्छाउन केही समय लाग्ने बताए ।

यसअघि पनि हिमपातका कारण उक्त खण्ड अवरुद्ध हुँदै आएको थियो । गत पुस दोस्रो साता पनि सो खण्ड हिमपातका कारण अवरुद्ध बनेको थियो ।

झण्डै एकसाता भन्दा लामो समयसम्म अवरुद्ध भएको सडक हिउँ हटाएर खुलाइएको थियो । हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुने गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com