२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १५४ तथा एन्टिजेन विधिबाट २ हजार ३१४ जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो सोहि अवधिमा थप ३४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, थप २ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृत्युहुनेको कूल संख्या ११ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com