भारत देखि नेपाल ल्याउदै गरेको अवैध लत्ताकपडा बरामद

काठमाडौँ -पर्साको वीरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी मंसीर १३ गते सशस्त्र प्रहरीले सोही ईलाकाबाट करिब १ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कम्प्यूटरको मनिटर, मोबाईल कबर र टेम्पर
पनि बरामद गरेको थियो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।