२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

माओवादी खाँडादेवी गाउँ कमिटीको अध्यक्षमा बुढाथोकी निर्वाचित

नेकपा माओवादी केन्द्र खाँडादेवी गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गंगा बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । रामेछापमा सात वटा स्थानीय तहको अधिवेशन सम्पन्न हुँदा बुढाथोकी पहिलो महिला अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अधिवेशनबाट तीन जना उपाध्यक्षहरुमा देव बहादुर घिसिङ, उमेश भण्डारी र डिल बहादुर श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा विक्रम श्रेष्ठ, सह–सचिवमा बलवीर तामाङ र कोषाध्यक्षमा भक्तिमाया श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनले ५५ सदस्यीय गाउँ कमिटीका सदस्य पनि चयन गरेको छ । रामेछापमा माओवादीको सात वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको भने लिखु तामाकोसी गाउँ कमिटीको अधिवेशन भने हुन बाँकी रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com