२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन भिड्ने

काठमाडौं । राजासहित हिन्दु राष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा०को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ ।

भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशनको बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ ।

महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।

लिङ्देन समुहका मतदाताहरुको एकाएक नाम काटियो
कमल थापाले हिजो राती पार्टी कार्यलय गएर राजेन्द्र लिङ्देन समुहका मतदाताहरुको नाम काटिएको आरोप लगाएका छन् ।

थापा समुहका ब्यक्तीले लिङ्देन समुहका ब्यक्तीलाई हातपात गरेको आरोप छ । थापाले हिजो राती पार्टी कार्यलय गएर मतदाताहरुको नाम हेरिसके पछि आफु हार्ने देखेको र आईटीका मान्छे बोलाएर लिङ्देन समुहका मतदाताहरुको नाम हटाएको स्रोतले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com