२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने अध्यक्ष थापाको दाबी

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका छन् । शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिती हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केही समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरेका हुन् ।
अध्यक्ष थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले मत बदर हुनसक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्नबाटै चुनावमा जाने बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता प्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उनले जानकारी दिए । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गरे ।

थापाले देशमा अब राजसंस्थाको आवश्यकता नरहेको र राप्रपा नेपालको एजेण्डा गणतन्त्रसहितको हिन्दूराष्ट्र रहेको बताए । उनले देशमा अब राजसंस्था आउँन नसक्ने ठकुवा गर्दै राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर ब्यवसायमा लागेको आरोप लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com