२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगायो

दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगायो

जनसेवा न्युज डटकम संवाददाता

अर्घाखाँचीको सन्धिखर्कमा दसैँ मनाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता बनाएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर९७, खाँचीकोट किटेनी निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फर्ज्याङ खोलाले आज दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

पौडेलले एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान–७, चिदिचौर जाने क्रममा खोला तर्न खोज्दा बालकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए। बच्चाको खोजी कार्य जारी रहे पनि आज रात परिसकेकोले भोलि पुनः खोजी गरिने प्रहरीले जनाएको छ। अर्घाखाँचीमा पानी परेपछि साना खहरे खोलाहरू बढेको स्थानीयले बताएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com