बेइजिङमा एक करोड बढी मानिसले कोभिड–१९ को लिए बुस्टर डोज
![](https://www.janasewanews.com/wp-content/uploads/2021/12/thumbs_b_c_e744e82b1ea080043a7a81.jpg)
बेइजिङमा एक करोड बढी मानिसले कोभिड–१९ को लिए बुस्टर डोज
काठमाडौँ- शुक्रबार बिहान १० बजेसम्म चीनको राजधानीमा एक करोडभन्दा बढी मानिसले कोभिड–१९ को बुस्टर डोज लिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
सोही अवधिमा बेइजिङमा कोभिड–१९ खोपको कुल ५२.६ मिलियन डोज लगाइएको थियो। शहरमा खोप लिनेहरू मध्ये करिब ३० लाख ६० वर्ष वा सोभन्दा माथिका छन् । तीमध्ये पनि करिब १६०,००० खोप लिनेहरू ८० वर्ष वा सोभन्दा माथिका छन्। हालसम्म बेइजिङमा दुई करोडभन्दा बढी मानिसहरूले कम्तिमा एक डोज खोप लगाइसकेका छन् ।