२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

३ सय ५७ जना निको थप आज २ सय ६५ जनामा कोरोना पुष्टि, ३ सय ५७ जना निको

काठमाण्डौ – पछिल्लो २४ घण्टामा दुई सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय १७ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ०७ प्रतिशत अर्थात् दुई सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ५७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार नौ सय एक पुगेको छ । अहिले नेपालमा ६ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा दुई जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४३ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ६ हजार ६ सय १० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com