२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

निखिलले बनाउने नयाँ फिल्म चर्चामै सीमित

काठमाडौं । अभिनेता निखिल उप्रेती चलचित्र ‘भैरव’ को निर्देशनपछि अर्को चलचित्र लिएर आउन सकेका छैनन् । निखिलकै निर्देशनमा चलचित्र कमिटमेन्ट : सिक्स्टी आवर्स’को छायांकन नभएको पनि होइन । तर निक्कै तामझामका साथ पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको यो चलचित्र छायांकन पूरा नहुँदै बीचमै रोकियो ।

निखिलले चलचित्र ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ मुम्बईमा अलपत्र परेका नेपाली युवतीको उद्धार सम्बन्धी कथामा बनाइरहेका थिए । चलचित्र छायांकन नेपालसँगै विभिन्न देशमा पनि गर्ने योजना उनको थियो । तर, हल्ला खुबै भएको यो चलचित्रको काम रोकिन पुग्यो ।

त्यसपछि निखिलले अर्को चलचित्र ‘आयो भैरव’ पनि बनाउने चर्चा भयो । ‘भैरव’ चलचित्रको सिक्वेलको रुपमा बन्न लागेको चलचित्रमा निखिलसँग अभिनेत्री सञ्चिता लुइँटेलले काम गर्ने खबर सार्वजनिक भएको थियो । निखिलले पनि यो चलचित्रको कामलाई अगाडि बढाएका थिए । तर, ‘आयो भैरव’को पनि हल्ला धेरै भयो काम भएन ।

बरु निखिल अध्यात्ममा बढी केन्द्रित भए । उनले विभिन्न स्थानमा प्रवचन पनि दिन थाले । निखिलका आध्यात्मिक कुराले धेरैको मन खिच्यो ।

नेपाली चलचित्र क्षेत्रमा ‘एक्सनको राजा’ भनेर चिनिएका निखिल फेरि नयाँ चलचित्र बनाउने तयारीमा रहेको खबर बाहिरिएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा उनले आफूले नयाँ चलचित्र बनाउने र त्यो चलचित्र पूर्ण रुपमा व्यावसायिक हुने बताएका छन् ।

निखिलले आफूले शिक्षामूलक चलचित्र पनि बनाउन चाहेको बताएका छन् । तर, निखिलले चलचित्र बनाउने कुरा चर्चामा मात्रै सीमित हुने गरेको देखिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com