२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को अफिसियल पोस्टर सार्वजनिक

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ को अफिसियल पोस्टर सार्वजनिक

काठमाडौं । महा शिवरात्रीको अवसर पारेर बिहे पास’ को अफिसिएल पोस्टर शनिबार सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख कलाकार–दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ,शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ । निर्माण टिमले प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने नारा दिएको छ ।

प्रवेश पौडेलको निर्देशन, रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म पूर्वी नेपालमा खिचिएको हो ।

आरआर फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको वितरण पनि आरआर फिल्मस्ले गर्दैछ । शिव ढकालले खिचेको फिल्ममा श्याम राई,विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ ।

डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रबेश मल्लिकको संगीत छ भने रामजी लामीछानेको कोरियोग्राफी,शैलेन्द्र प्रधानको पाश्र्व संगीत अनि मित्र गुरुङको सम्पादन छ । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । फस्र्टलुक सार्वजनिकसँगै चर्चामा रहेको फिल्मको टिजर बुधबार अर्थात् १० फागुनमा बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com