२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

तुनिषा शर्माको मृत्युको मामिलामा मुम्बई प्रहरीले भन्यो, ‘अभिनेत्रीले ब्रेकअपका कारण गरिन् आत्महत्या ’

टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा मुम्बई प्रहरीले उनले ब्रेकअपका कारण आत्महत्या गरेको बताएको छ ।

मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा उनको शीजान खानसँग प्रेम सम्बन्ध रहेको र उनीसँग ब्रेकअप भएपछि उनले आत्महत्या गरेको बताएका छन् ।

उनले भने, ‘तुनिषा शर्मा एक टिभी कार्यक्रममा अभिनय गरिरहेकी थिइन् । १५ दिनअघि उनको ब्रेकअप भएको थियो, त्यसपछि तुनिषाले आफ्नो शोको सेटमा आत्महत्या गरिन् ।’

तुनिषाकी आमाले उजुरी दिएको एसीपी चन्द्रकान्त जाधवले बताए । उनको उजुरीका आधारमा शीजानलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ ।

उनले शीजानलाई चार दिनको प्रहरी हिरासतमा राखिएको बताए । पोष्टमार्टम रिपोर्टमा तुनिषाको मृत्यु झुण्डिएर भएको स्पष्ट लेखिएको छ ।

यसअघि टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको सम्बन्धमा वालिव प्रहरीले सह–कलाकार शीजान खानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी पक्राउ गरेको थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com