२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

प्रकाश सपुतको सार्वजनिक पिर बोलको गित बारे बरिष्ठ उपाध्यक्ष योग्य बहादुरले खोले मुख

काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालका बरिष्ठ उपाध्यक्ष योग्य बहादुर कार्कीले अहिले प्रकाश सपुत को सार्वनिक भएको (पिर) गित बारे चारै तिर चर्चा परि चर्चा चलिरहेको बेला उहाँले मुख खोल्नु भएको छ ।

उहाँले सामाजिक संजाल मार्फत प्रकाश सपुतको सार्वजनिक भएको गित बारे आक्रोस पोख्दै भने सपुतको गित प्रति नकारात्मक ढंगले टिकाटिप्पणी नर्गन समेत आग्रह गरे ।

समाजमा देखिएका यथार्थ घटनालाई समावेस गरेर अथवा भविश्यमा घट्ने घटनालाई उच्चारण गर्दै दिएको सन्देश राम्रो छ भन्दै प्रकाश सपुतको प्रसंसा गर्दै समर्थन जनाउनु भएको छ, अर्को पक्ष भने जनयुद्धको अपमान भयो भन्दै नकारात्मक टिप्पणी गरि विरोध जनाई आक्रोस पोख्दै आफ्नो विचारहरु व्यक्त गर्दै सामाजिक संजालमा दोहोरी चलिरहेको देखिन्छ ।

उहाँ भन्नु हुन्छ प्रकाश सपुत एक राम्रा सर्जक हुन दस वर्षे जनयुद्धमा महिलाले गरेको योगदान अविस्मरणीय रहेको छ तर पनि माओवादी को नजरबाट हेर्दा गलत देखिएता पनि गीतले जे भाव देखाउन खोजेको हो त्यो समाजमा अहिले घटेको समय सापेच्क्षित विषय हो ।

जो काठमाडौं का गल्ली गल्ली हरुमा भैतारिरहेका छन् उसलाई मात्र थाहाछ । यसको मतलब यौन व्यवसाय लाई मात्र देखाइएको छैन सबै विषय हरु समेटिएको छ बाहिरी नजर बाट हेर्ने हो भने यसभित्रका हरेक कुरालाई जनयुद्ध हैन धनयुद्ध भएको देखिन्छ ।

उहाँले उदाहरण सहित दिदै भन्नु हुन्छ माइती घरमण्डला भएको त्यो घाइते ,अपाङ्ग हरुको भोक हड्ताल लाई हेरौं अनि सहिद, वेपत्ता बहिर्गमित जनमुक्ति सेनाको २०६६ साल देखि संघर्षलाई हेरौं यो जनयुद्ध लडेकाहरुको पीडा कस्तो छ करोडौं को गाडी रातो कार्पेट र महलमा बस्ने हरुलाई र तिनका वरिपरि बसेर चाकडि र चाप्लुसी गर्ने हरुलाई के थाहा जनयूद्ध को पिडा अहिले माओवादीहरुको टाउको दुखाईको विषय भएको छ तर पिर बोलको गीत यथार्थत छ यथार्थ तीतो हुन्छ तर सत्य यही हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com