बलात्कार आरोपमा १८ वर्ष कैद फैसला
![](https://www.janasewanews.com/wp-content/uploads/2021/12/default-1.jpg)
काठमाण्डौँ । चितवन मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ।
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ बस्ने २६ वर्षका जीवन पाण्डेलाई जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको इजलासले मङसिर २१ गते १८ वर्ष कैद हुने फैसला सुनाएको छ।
२०७७ भदौ ११ गते भरतपुर ३ स्थित नगरवन क्षेत्रमा लगी बलात्कार गरेको भनी पीडित बालिकाको तर्फबाट प्रहरीमा उजुरी परेको थियो।