२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

ठगी गर्ने पत्रकार एन्जिना कार्की पक्राउ

काठमाडौं । आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् ।

कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामो समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।

एन्जिना लामो समय देखि पत्रकारितामा थिइन् । कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतीय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् ।

अहिले एन्जिना कुनै पनि सञ्चारमाध्यममा आवद्ध छैनन् तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्वीरले सहयोग गरेको थियो ।

ठगी धन्दामा उनी भने एक्लै छैनन् । उनको सात ,आठ जनाको समूह रहेको छ । अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com